Shittalpati
लकडाउनको अवज्ञापछि पाल्पामा पनि निषेधाज्ञा

पाल्पा । कोरोना भाइरस (कोविड(१९) को संक्रमण फैलिन नदिन जिल्लामा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरिएको छ । जिल्लामा कोरोना सतर्कता अपनाउनका लागि अत्याआवश्यक अवस्थामा बाहेक आवत जावतमा प्रतिबन्ध लगाएपछि पनि सर्वसाधारणले हिँडडुल गर्न र दैनिकी नछाडेपछि कर्फ्यू नै जारी गर्नु परेको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बोमोजिम कोरोना भाइरस संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ । २०७६ चैत ११ गतेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिए । सर्वसाधरणले संक्रामक रोग ऐन २०२० अनुसार जारी गरिएको आदेशको अवज्ञा गरेपछि निषेधाज्ञा लगाउनु पर्ने अवस्था सिर्जना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update