Shittalpati
व्यवसायिक प्रतिष्ठान बन्द हुने

पाल्पा, आजदेखि जिल्लाका व्यवसायी प्रतिष्ठानहरु बन्द हुने भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अत्यावश्यक बाहेकका प्रतिष्ठानहरु आजदेखि चैत्र २१ गतेसम्मका लागि बन्द हुने भएका हुन् । आम नागरिकको दैनिक जीवनयापनका लागि आवश्यक पर्ने खाद्यान्न, फलफूल, तरकारी, औषधी जस्ता अत्यावश्यक वस्तुहरु बाहेक अन्य व्यवसायिक प्रतिष्ठानहरु बन्द गर्न पाल्पा उद्योग वाणिज्य संघले अनुरोध गरेको छ ।

कोरोना भाइरसबाट आफु र अरुलाई बचाउन नेपाल सरकारले ल्याएको स्वास्थ्य कार्यक्रमलाई सहयोग पुर्‍याउनुको साथै अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन संघले उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरेको छ । कोरोना संक्रमणले नेपालमा पनि विषम परिस्थिति सिर्जना भएकाले जोखिमबाट बच्च विशेष सतर्कता अपनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न संघका अध्यक्ष राजु महर्जनले उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update