Shittalpati
पाल्पा र गुल्मीका पालिकालाई आठ अर्ब ३२ करोड बढीको बजेट

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेट अनुसार पाल्पा र गुल्मीका स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड भन्दा बढी बजेट प्राप्त हुने भएको छ । दुई जिल्लाका २२ स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०७८/७९ का लागि यि दुई जिल्लाका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट विनियोजन भएको थियो । अहिले भने यहाँ बजेटको आकार घटेको छ ।

दूई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ४ अर्ब ८ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यहाँ सरकारले चालू आर्थिक वर्ष ०७८/७९ मा भने ३ अर्ब ८१ करोड ७५ लाखको बजेट विनियोजन गरेको थियो । अहिले सरकारले तानसेन नगरपालिकालाई चालुतर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालुतर्फ ४४ करोड ३१ लाख, पँुजीगत तर्फ ५ करोड ५० लाख गरी ४९ करोड ८१ लाख विनियोजन गरेको छ । यस्तै तिनाउ गाउँपालिकालाई चालुतर्फ २९ करोड १ लाख, पुँजीगत तर्फ १ करोड ५३ लाख गरी ३० करोड ५४ लाख, निस्दी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८९ लाख, पुँजीगततर्फ ३ करोड ८६ लाख गरी ३९ करोड ७५ लाख, पूर्वखोला गाउँपालिकालाई चालुतर्फ २९ करोड ८९ लाख, पुँजीगततर्फ २ करोड ९९ लाख गरी ३२ करोड ८८ लाख रकम विनियोजन भएको छ । यसै गरी संघीय सरकारले बगनासकाली गाउँपालिकालाई चालुतर्फ ३२ करोड २७ लाख, पँुजीगत तर्फ २ करोड ४६ लाख गरी ३४ करोड ७३ लाख, माथागढी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ५८ लाख, पँुजीगततर्फ ३ करोड ५ लाख गरी ३८ करोड ६३ लाख, रम्भा गाउँपालिकालाई चालु तर्फ ३० करोड २५ लाख, पुँजीगततर्फ ४ करोड गरी ३४ करोड २५ लाख, रिव्दीकोट गाउँपालिकालाई चालु तर्फ ३३ करोड ४ लाख, पुँजीगततर्फ २ करोड ४० लाख गरी ३५ करोड ४० लाख र रैनादेवीछहरा गाउँपालिकालाई चालुतर्फ ४१ करोड १४ लाख, पुजीगततर्फ ४ करोड ५१ लाख गरी ४५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले पाल्पालाई चालुतर्फ ३ अर्ब ६५ करोड १७ लाख, पँुजीगततर्फ ४३ करोड ५ लाख बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षमा भन्दा आगामी वर्षको लागि तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकामा बजेट बढेको छ । तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकामा भने बजेट घटेको छ । यस्तै सरकारले दुई नगरपालिका र दश गाउँपालिका रहेको गुल्मीमा ४ अर्ब २४ करोड ६ लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष सरकारले गुल्मीका स्थानीय तहका लागि ४ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आथिृक वर्षको तुलनामा अहिले यहाँ बजेटको आकार केही बढेको छ । यहाँ नगरपालिकामा सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा ४८ करोड ५२ लाख छ भने कम रेसुङ्गा नगरपालिकामा ४१ करोड १३ लाख छ । गाउँपालिकामा सबै भन्दा धेरै धुर्कोट गाउँपालिकालाई ४० करोड ६३ लाख छ, भने सबै भन्दा कम इस्मा गाउँपालिकालाई ३१ करोड ३ लाख छ । यस्तै संघीय सरकारले मालिका गाउँपालिकालाई ३९ करोड १५ लाख, छत्रकोट गाउँपालिकालाई ३८ करोड ५८ लाख, मदाने गाउँपालिकालाई ३८ करोड २० लाख, सत्यवती गाउँपालिकालाई ३८ करोड १० लाख , रुरुक्षेत्र गाउँपालिकालाई ३६ करोड १६ लाख, कालीगण्डकी गाउँपालिकालाई ३४ करोड ४३ लाख, चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ८४ लाख, गुल्मीदरबार गाउँपालिकालाई ३२ करोड १९ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update