Shittalpati
पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख, हेर्नुहोस् कुन पालिकामा कति ?

कृष्ण पोखरेल
पाल्पा, संघीय सरकारले आगामी आर्थिक बर्षको लागि पाल्पाका स्थानीय तहलाई ४ अर्ब ८ करोड २१ लाख रुपैया विनियोजन गरेको छ । तानसेन नगरपालिकालाई चालु तर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालु तर्फ ४४ करोड ३१ लाख, पँुजीगत तर्फ ५ करोड ५० लाख गरी ४९ करोड ८१ लाख विनियोजन गरेको छ ।
तिनाउ गाउँपालिकालाई चालु तर्फ २९ करोड १ लाख, पुँजीगततर्फ १ करोड ५३ लाख गरी ३० करोड ५४ लाख, निस्दी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८९ लाख, पुँजीगततर्फ ३ करोड ८६ लाख गरी ३९ करोड ७५ लाख, पूर्वखोला गाउँपालिकालाई चालुतर्फ २९ करोड ८९ लाख, पुँजीगततर्फ २ करोड ९९ लाख गरी ३२ करोड ८८ लाख रकम विनियोजन गरेको छ ।
यसै गरी संघीय सरकारले बगनासकाली गाउँपालिकालाई चालु तर्फ ३२ करोड २७ लाख, पँुजीगत तर्फ २ करोड ४६ लाख गरी ३४ करोड ७३ लाख, माथागढी गाउँपालिकालाई चालु तर्फ ३५ करोड ५८ लाख, पँुजीगततर्फ ३ करोड ५ लाख गरी ३८ करोड ६३ लाख, रम्भा गाउँपालिकालाई चालु तर्फ ३० करोड २५ लाख, पुँजीगततर्फ ४ करोड गरी ३४ करोड २५ लाख, रिव्दीकोट गाउँपालिकालाई चालु तर्फ ३३ करोड ४ लाख, पुँजीगततर्फ २ करोड ४० लाख गरी ३५ करोड ४० लाख र रैनादेवीछहरा गाउँपालिकालाई चालुतर्फ ४१ करोड १४ लाख, पुजीगत तर्फ ४ करोड ५१ लाख गरी ४५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले पाल्पालाई चालुतर्फ ३ अर्ब ६५ करोड १७ लाख, पँुजीगततर्फ ४३ करोड ५ लाख बजेट विनियोजन गरेको हो ।
चालु आर्थिक वर्षमा भन्दा आगामी वर्षको लागि तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिव्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकामा बजेट बढेको छ । तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकामा भने बजेट घटेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update