Shittalpati
एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

पाल्पा, एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा प्रवद्र्धधनका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याइ ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्र्ने उद्देश्यले बैंक र वैकल्पिक उर्जाबीच सम्झौता भएको हो ।
दुई संस्थाबीच लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता भएको छ । बैंकले लक्षित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्ने एनएमबी बैंकले जनाएको छ । यसले बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने अपेक्षा लिएको छ । सम्झौतापछि बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस्त बैंक विश्वास्त रहेको जनाएको छ । बैंकले दिगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कार्य गर्दै आएको जनाएको छ । बैंकले देशैभरी रहेका २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरु मार्फत बैकि· सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update