Shittalpati
अस्पतालमा ‘हेल्प डेस्क’

पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिकामा रहेको रामपुर अस्पतालले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरना भाइरस बारे सचेत गराउन तथा अस्पताल आएका विरामीहरुको स्वास्थ्य जाँचको लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको हो । अस्पतालको मुल गेटमा हेल्प डेस्क स्थापना गरी दुई जना स्वाथ्यकर्मी परिचालन गरिएको छ । डेक्समा अस्पताल आउने विरामीलाई साबुन पानीले हातधुने व्यवस्था गरिएको छ ।

हात धोएपछि डेक्समा रहेका हेल्थ असिस्टेन र स्टाफ नर्सहरुले ज्वरो मापन गर्नेछन् । साथै विरामीहरुको अभिलेख समेत राख्ने व्यवस्था गरिएको रामपुर अस्पतालका फर्मेसी निरीक्षक राम प्रसाद कोइरालाले बताए । उनले परीक्षणको क्रममा ज्वरो आएका विरामी भेटिएमा छुट्टै उपचार गर्ने व्यवस्था गरिएको बताए । हेल्प डेक्समा रहेका स्वास्थ्यकर्मीले कोरोना भाईरसको बारेमा जानकारी दिने, अस्पतालमा भिड समेत नियन्त्रण गर्ने, भरर्खर विदेशबाट आएका नागरिकहरुलाई २ हप्ता सेल्फ क्वारेनटाईनमा बस्न सुझाव दिनेछन् ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update