Shittalpati
१ सय २२ हाटबजार बन्द

खस्यौली, रुपन्देहीका १ सय २२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिए । उनले सरकारले गरेको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै हाटबजार भिडभाड हुने क्षेत्र भएकाले बजार बन्द गर्न बाध्य भएको बताए ।

अध्यक्ष ज्ञवालीले कृषकको उत्पादन डुलाएर वा चोकमा मानिसको आवत–जावत कम हुने ठाउँमा लगेर बेच्न किसानलाई आग्रह गरिएको उल्लेख गर्दै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आग्रह गरिएको बताए । जिल्लाको बुटवल, भैरहवा, मणिग्राम, मंगलापुर, ठुटेपिपल, रानीबगिया, मुर्गिया, कलौनी, सालझण्डी लगायतका स्थानमा फरकफरक बारमा साप्ताहिक हाटबजार लाग्दै आएको थियो । –रासस

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update