Shittalpati
ग्लोबल बैंकका ग्राहकलाई १० प्रतिशत क्यासब्याक योजना

पाल्पा, ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले अन्तर्राष्ट्रिय ब्राण्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम ३ सय रूपैयाँसम्म) क्यासब्याक पाउनेछन् । यो योजना बुधबार (आज)देखि काठमाडौं उपत्यका भित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू छन् 

बैंकले हाल ७६ जिल्लामा रहेको आफ्नो २ सय ८८ शाखा, २ सय ६० एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ७५ सेवा केन्द्रबाट ग्राहकहरूलाई बैंकिङ सेवा दिइरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिœयाउँदै छ ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update