Shittalpati
पेट्रोलियम कर घटाइँदै

पाल्पा, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण चौतर्फिक विरोध हुन थालेपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा १० रुपैयाँ घटाउने सहमती गरेको छ । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा कर घटाइने सैद्धान्तिक सहमति भएको पछि अर्थ मन्त्रालयले त्यसको तयारी थालेको हो । अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करमा ५/५ रुपैयाँ घटाउने तयारी गरेको स्रोतले जनाएको छ ।

इन्डियन आयल निगमबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा सरकारले प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लगाएको छ । १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा सरकारले कर लगाउँदै आएको छ । यसका साथै ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, प्राविधिक नोक्सानी, बिक्रेता कमिसनका नाममा १४.२८ रुपैयाँ शुल्क लिने गरेको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ । उपभोक्ताले तिर्नुपर्ने १ हजार ८ सय प्रतिसिलिन्डर ग्याँसलाई निगमले २ हजार ८ रुपैयाँ मा खरिद गर्छ । यसअघि नेपाल आयल निगमले सरकारसँग लिटरमा १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजेल र मट्टितेलको १ सय ६३ रुपैयाँ पु¥याइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update