Shittalpati
रामपुर तरुण दलद्वारा मास्क वितरण

पाल्पा (रामपुर) । कोरना भाइरसको संक्रमणबाट सजग रहन अनुरोध गर्दै नेपाल तरुण दल रामपुर नगर समितिले नगरका विभिन्न कार्यालय एवं संघ संस्थालाई मास्क वितरण गरेको छ । देशैभर कोरोना विरुद्ध विभिन्न प्रयासहरु भैरहेको सन्दर्भमा तरुण दल रामपुर नगरको टोलीले कार्यालयमा पुगेर मास्क वितरण गरेको हो ।

यस अघि बेझाँड बजारबाट माक्स वितरण गरेको तरुण दलले रामपुर अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र, किसानबारी बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय रामपुर, भूपू सैनिक राइजिङ्ग बोर्डिङ्ग स्कुल, मदरसा नुरुल हँुदा आधारभुत विद्यालय, रामपुर नगरपालिका वडा ३ शितलनगर आमा समुह, वडा ७ को वडा कार्यालय, सामुदायिक रेडियो रामपुर र रेडियो पाल्पालाई मास्क वितरण गरेको तरुण दल रामपुरका नगर सभापति शंकरबहादुर खाँणले जानकारी दिए । नगर सभापति खाँणको संयोजकत्वमा संघ संस्थामा कोरना भाइरसको संक्रमणबाट बच्न र सजग रहन जनचेतना सहित मास्क वितरण गरिएको थियो । आइतबार मात्र करिव एक हजार मास्क वितरण गरेको छ, भने तरुण दलले रामपुर बेझाड बजारबाट सर्वसाधारणलाई एक हजार मास्क वितरण गरिसकेको छ । रामपुरमा मास्कको आवश्यकता हेरेर पुनःमास्क वितरण गर्ने तरुण दल नगर सह सचिव प्रकाश क्षेत्रीले जानकारी दिए । बाटोमा आवतजावत गर्ने सर्वसाधारणलाई भाइरसबारे सजग रहन सल्लाह दिदै मास्क प्रदान गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update