Shittalpati
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खानामै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ । पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै निगमले यसअघि ३१ वैशाखमा पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टीतेल १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ । साथै, खाना पकाउने एलपी ग्यासको १८ सय पर्छ भने हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ पुगेको निगमले जनायो ।

निगमले भारतबाट मूल्य बढेर आएको र बढ्दो घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ । निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि १५ दिनको नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड (मासिक ६ अर्ब ७० करोड) नोक्सानी रहने अनुमान गरेको हो ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा र डिजेलमा २६ रुपैयाँ ८२ पैसा नोक्सानी छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ८७९ रुपैयाँ ७५ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन (आन्तरिक)मा १३ रुपैयाँ ९८ पैसा र वाह्य हवाई इन्धनमा ५९ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले प्रष्ट पारेको छ । यस हिसावले डिजेलमा सबैभन्दा धेरै पाक्षिक १ अर्ब ६९ करोड र ग्यासमा १ अर्ब ४६ करोड नोक्सानी रहने निगमको अनुमान छ ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update