Shittalpati
शुक्रबार पनि सेयर कारोबार

पाल्पा, आइतबारदेखि बिहीबारसम्म हुने सेयर बजार कारोबार शुक्रबार पनि भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । आइतबारको विदाले करोबार हुने दिन नघटाउनका लागि सोमबारदेखि शुक्रबारसम्म बजार खुल्ला हुन थालेको छ ।
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एस्चेन्जलाई शुक्रबार पनि कारोबार खुला गर्न निर्देशन दिएसँगै शुक्रबारदेखि कारोबार भएको हो । कारोबारको समय भने परिवर्तन गरिएको छैन । सेयर बजारको कारोबार समय ११ बजेबाट ३ बजेसम्म तोकिएको छ । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबार बिदा भएपछि शुक्रबारका लागि सारिएको हो । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार खुम्चिएको छ । शुक्रबार सेयर कारोबार रकम ९३ करोड २२ लाखमा खुम्चिएको हो । बिहीबार १ अर्ब ३० करोडको कारोबार भएको थियो ।
नेप्से परिसूचक भने १५.८२ अंकले घटेर २२३५ मा कायम भएको छ । ४१ कम्पनीको मूल्य बढेको छ भने १३९ को घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ६, विकास बैंक ३३, फाइनान्स १५, होटल तथा पर्यटन ७, जलविद्युत् ९, जीवन बीमा १२२, उत्पादन २१, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा १३९, अन्य ३५ र ब्यापार उपसमूह ४७ अंकले घटे । सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै २.७ प्रतिशत बढ्ेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update