Shittalpati
नेपाल पे क्यूआर सेवा सञ्चालन गर्न सम्झौता

पाल्पा, ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउसले नेपाल पे क्यूआर सेवा सञ्चालनका लागि सम्झौता गरेका छन् । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सेवा थालनीका लागि यि दुई संस्थाले सम्झौता गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानी लगायतका विभिन्न भुक्तानी उपलब्ध हुने व्यवस्था गरेको छ । साथै बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गतका नेपालपे क्यूआर, नेपाल पे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने जनाएको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २ सय ८८ शाखा, २ सय ५९ एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ७० सेवा केन्द्रबाट २८ लाखभन्दा ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ । नेशनल पेमेन्ट स्वीचमा आबद्धमध्ये धेरैजसो संस्थाले यस स्वीच अन्तर्गतका विभिन्न भुक्तानी उपकरण कार्यान्वयन गरिसकेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update