Shittalpati
बुवाको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

गुल्मी, जिल्लाको एक विद्यालयलाई घिमिरे परिवारद्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मुसिकोट नगरपालिका १ पौदीअमराई स्थित भगवती निम्न माध्यमिक विद्यालयका लागि स्थानीय हाल जापान र लण्डनमा रोजगारीको शिलशिलामा कार्यरत रहेका शिक्षा प्रेमी घनश्याम घिमिरे, लोकनाथ घिमिरे, टिकाराम घिमिरे, कृष्ण घिमिरे, यादव घिमिरे र नारायण घिमिरेले संयुक्त रुपमा स्वर्गीय बुबाहरु गुणानिधि घिमिरे, नुमाकान्त घिमिरे, यादव घिमिरेको स्मृतिमा, विद्यालयलाई नगद १ लाख हस्तान्तरण गरेका हुन् । सोही अवसरमा नगद रकम माता टोपली घिमिरेले विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर केसी,शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीलाई रकम हस्तान्तरण गरेकी थिइन । यस्तै सोही अवसरमा मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे निवासी हाल रोजगारको शिलशिलामा कतारमा कार्यरत रहेका समाजसेवी घन बहादुर नेपालीले विद्यालयको लागि ५० हजार बराबरको स्मार्ट टेलिभिजन विद्यालयलाई हस्तान्तरण समेत गरेका थिए । पत्रकार कौरव खत्रीबाट

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update