Shittalpati
कोरोना विरुद्ध माथागढीको चिदीपानीमा स्वास्थ्य शिक्षा

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा नोवेल कोरोना भाईरस विरुद्ध सचेतनामूलक स्वास्थ्य अभियान सञ्चालन गरिएको छ । विश्वभर महामारीको रुप लिएको नोवेल केरोना भाईरस कोभिड १९ को भित्रिन नदिनका लागि चिदीपानी स्वास्थ्यचौकी र प्रहरी चौकी आर्यभञ्ज्याङ्गको संयुक्त आयोजनामा स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिएको हो ।

आमनागरिकहरुको आत्मबल बढाउन र थप सावधानी तर्फ सचेत गराउन घर–घरमा गई स्वास्थ्य शिक्षा दिइएको स्वास्थ्यचौकीका प्रमुख ध्रुवबहादुर सुनारले जानकारी दिए । अभियानमा वडावासीलाई वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंमसेविका, प्रहरी लगायतले कोरोना भाइरसका विषयमा सचेतना दिएका थिए । अभियानमा वडा अध्यक्ष शिवप्रसाद शर्मा घिमिरेले कुनै पनि व्यक्तिमा संक्रमण देखिएमा तत्कालै स्वास्थ्य चौकीमा सम्पर्क राख्न स्थानीयलाई आग्रह गरे । उनले कति बेला के हुन्छ भन्ने थाहा नभएकाले २४ सै घण्टा सम्पर्कमा रहन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । अभियानमा स्वास्थ्यचौकी प्रमुख धु्रव सुनारले कोरोना भाइरसको संक्रमण, सर्ने तरिका, बच्ने उपाय लगायतका विषयमा स्वास्थ्य शिक्षा दिएका थिए । सोही अवसरमा कोरोनाको त्रास फैलाएर बजारमा कालोबजारी हुने गरेको भन्दै बजार अनुगमन समेत गरिएको थियो । अनुगमनमा कहि कतै व्यापारीहरुले कालोबजारी गरेको थाहा पाए तुरुन्तै प्रहरीलाई खबर गर्न आर्यभञ्ज्या· प्रहरी चौकीका प्रमुख ताराप्रसाद खानालले उपभोक्ताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update