Shittalpati
पाँच करोड लागतमा तानसेनमा मिर्गौलाको डायलाइसिस सेवा सञ्चालनमा

कृष्ण पोखरेल
पाल्पा । जिल्लाको तानसेनमा अध्याधुनिक सुविधा सम्पन्न सहित मिर्गौलाको डायलाइसिस उपचार सेवा सञ्चालनमा ल्याइएको छ । तानसेन नगरपालिका ५ बन्दीपोखरामा १० वटा अत्याधुनिक मेशिन सहित मिर्गौला उपचार सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्वलको सहयोगमा पाल्पा, गुल्मी पूर्वी अर्घाखाँचीका मुटु रोगी तथा मिर्गौलाका विरामीहरुलाई लक्षित गरी उपचार सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालनमा आएसँगै पाल्पामा मिर्गौला सम्बन्धी उपचार नहुँदा बाहिर जानुपर्ने बाध्यता हटेको छ । सेवाको पहिलो दिन ४ जना बिरामीले सेवा सिलएका छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेसिन जडान लगायतका सम्पूर्ण कामहरु पूरा गरी १ जना मेडिकल अधिकृत, १५ जना कर्मचारीहरु २४ सै घण्टा सेवा प्रदान गर्ने बताए । तानसेनमा हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत सञ्चालन गरिने अध्यक्ष आलमले बताए । उपचारका लागि प्रशस्त पानीको आवश्यकता पर्ने भएकाले प्रयाप्त पानीका र सहजरुपमा यातायातको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेको अध्यक्ष आलमले बताए । करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट हाल दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने पाल्पा सेन्टरका संयोजक बाबुराम बोहराले बताए ।

पाल्पा, गुल्मीबाट ६४ जना विरामी नियमित मुटु तथा मिर्गौला उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा बुटवलमा जाने गरेका छन् । घर आगनमै उपचार सेवा पाउँदा खुसी लागेको गुल्मी तम्घासबाट उपचार गर्न आएकी माया विकले बताइन् । प्रत्येक हप्ता तम्घासबाट बुटवल जान आउन समस्या थियो केही भएपनि राहत मिलेको मायाले बताइन् । हप्ताको दुईपटक वुटवल आउँजाउँ गर्नुपथ्र्याे तर अब घरबाटै आउँजाउँ गर्न सजिलो भएको छ, बाटोको खतरा, भिडभाडको समस्या हटेको माथागढी गाउँपालिका २ खहरेका चन्द्रबहादुर सारुले बताए । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्षदेखि बुटवल गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घण्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिनादेखि दा·को लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ । तानसेनमा सञ्चालनमा आएको मुटु अस्पताल यस क्षेत्रकै गहनाको रुपमा रहेको स्थानीयवासी दिनेश रावलले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update