Shittalpati
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर हुँगीमा

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकि· सेवा लिन सक्ने बैंकले जनाएको छ । काउन्टर शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीयस्तरमा बैंक आएपछि आमनागरिक र स्थानीय सरकारलाई सहज हुने विश्वास व्यक्त गरे । उनले वृद्धभत्ता, अपाङ्ग महिला तथा बालबालिकाको सामाजिक सुरक्षा भत्ता, योजनाको भुक्तानी निकासा, उद्यमी कर्जा तथा निक्षेप संकलनका लागि सहज हुने बताए । अध्यक्ष भण्डारीले बैंक विस्तारमा भूमिका खेल्ने सम्पूर्णलाई हार्दिक आभार सँगै धन्यवाद व्यक्त गरेका छन् । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । मुलुकभर २ सय ८८ शाखा, २ सय ७५ शाखारहित बैंकिङ्ग सेवा, २ सय ५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंकले सेवा नपुगेका क्षेत्रहरुमा आफ्नो सेवा विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाएको ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update