Shittalpati
गुल्मी महोत्सवको समय थपियो

गुल्मी, गुल्मीमा सञ्चालित महोत्सवको समय थपिएको छ । चैत २५ गतेदेखि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको समय थपेर वैशाख ६ गते पुर्‍याइएको हो । महोत्सवमा दर्शकहरुको उत्साहजन सहभागिता बढ्दै गएपछि आयोजकले समय थप गरेको छ ।

यस अघि बैशाख ४ गते समापन हुने भनिएको महोत्सवको बैशाख ५ गते समय थपेर ६ गते समापन गरिने कार्यक्रम तय गरिएको संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै चौथो गुल्मी महोत्सव जारी छ । महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरुसँगै जिल्लामा विभिन्न जाती विशेष रहेका खानाका परिकारहरु, विभिन्न साँस्कृति झल्कीने झाँकीहरु, नृत्यहरु प्रर्दशन गरिएको छ । संघले प्रत्येक दुई/दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकिएको समयमा गर्न सकेको थिएनन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, माहुरी, च्याउ लगायतका अन्य कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकता दिइएको छ । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्रीहरु, मनोरञ्जनात्मक पिङ्ग लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री बितरणको लागी राखिएको संघका उपाधयक्ष ताराप्रसाद भुसालले बताए । महोसत्वमा दुई सय स्टल रहेका छन् । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन
गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update