Shittalpati
कुमारी बैंकको ‘डबल धमाका’

पाल्पा, बजारमा तरलता अभाव सिर्जना हुँदै गएपछि बैंकहरुले अभावबाट सिर्जना हुने समस्यालाई कम गर्न विभिन्न योजनाहरु ल्याइरहेका छन् । उनीहरुले मुद्दती निक्षेपलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । बैंकमा निक्षेप बढाएर तरलताको अभावलाई कम गर्न बैंकहरु लागि परेका छन् । बैंकहरुले निक्षेप वृद्धि गर्न ग्राहकहरुलाई विभिन्न योजनामार्फत आकर्षक गर्न थालेका हुन् ।

अधिकांश बैंकहरुले नयाँ वर्षको अवसर पारेर विभिन्न योजनाहरु सार्वजनिक गरिरहेका छन् । कुमारी बैंकले पनि वर्तमान अवस्थालाई मध्यनजर गर्दै नव वर्ष २०७९ को अवसरमा ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने बैंकले जनाएको छ । यस मुद्दती निक्षेपमा न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशत सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा–संजाल, १ सय ७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update