Shittalpati
डेल्टा मार्ट पाल्पाले ल्यायो नयाँ वर्ष योजना

पाल्पा,व्यवसायिक प्रतिष्ठानका रुपमा हरेको पाल्पाको डेल्टामार्टले नयाँ वर्ष योजना ल्याएको छ । मार्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।

उसले एक हजार भन्दा बढी सामग्री खरिद गर्ने ग्राहकहरुलाई योजनामा समावेश गर्ने छ । योजनामा सहभागी मध्ये पाँच जना भाग्शाली ग्राहकले उचित पुरस्कार पाउने छन् । समान खरिद गर्न आउने ग्राहकलाई टोक्कन दिइने छ । सोही टोक्कनबाट गोल प्रथा गरी पाँच जना भाग्यशाली ग्राहकलाई उचित पुरस्कार दिइने डेल्टा मार्ट प्रालिका कोषाध्यक्ष गंगाबहादुर खत्रीले बताए ।

उक्त योजना चैत २७ गतेदेखि सञ्चालन भएको र वैशाख ४ गते सकिने मार्टका क्यासियर विवेक बस्यालले जानकारी दिए । मार्टले उक्त योजनाको नतिजा डेल्टा मार्टको फेसबुक पेजबाट सार्वजनिक गर्ने छ ।

मार्टले विगत दुई वर्षदेखि तानसेन ३ भवतीटोलबाट सेवा दिर्दै आएको छ । यहाँ घरायसी प्रयोजनका विभिन्न सामानहरुकको खुद्रा विक्री, स्टेशनरी तथा खेलकूदका सामग्री, स्वास्थ्य सुरक्षाका सामग्री, जुत्ता, चप्पल,बालबालिकहारुहरुका लागि खेलौना, सरफाई सम्बन्धी सामग्री स्कूल व्याग लगायतका सामग्रीहरु सुपथ मूल्यमा पाइने मार्टका लेखापाल राजु बम्रेलले बताए । मार्टमा पुग्ने ग्राहकले घरायसी सामानदेखि विद्यालयका लागि चाहिने सम्पूर्ण सामग्री पाउन सक्ने छन् । मार्टले समान गरिद गरिसकेपछि ग्राहकलाई तुरुन्तै विल दिने गर्दछ । ग्राहक कुनै पनि बाहानामा नठगीउन भनेर विल दिने गरिएको मार्टले जनाएको छ । उसले अनलाईन मार्फत भुक्तानीको समेत व्यवस्था मिलाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update