Shittalpati
एनसेलले ल्यायो नयाँ वर्ष योजना

पाल्पा, एनसेलले नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो । उक्त अफरहरु आइतबारदेखि सञ्चालनमा आएको छ ।

योजनाको न्यू इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सूचारु गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन पनि सक्ने एनसेलले जनाएको छ । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्न सक्ने छन् ।

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ रुपैयाँमा सुचारु गर्न सक्ने छन् । प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने छ । ग्राहकले १ सय मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले १ सय ६८ रुपैयाँमा ५ जिबि अल टाइम डेटा र १ सय मिनेट अल नेट टक टाइम रहेको
अर्को ७ दिने प्याक मात्र १ सय ६८ रुपैयाँमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update