Shittalpati
दराजले ल्यायो नयाँ वर्ष योजना, थुप्रै डिस्काउन्ट सहित स्कुटर जित्ने

पाल्पा । नेपालको अग्रणी अनलाइन बजार दराजले नयाँ वर्ष योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गरी दराजले ‘नयाँ रहर, नयाँ अफर’ ल्याएको हो । यो अभियान चैत्र २७ गतेदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५ हजारसम्मको विशेष छुट भाउचर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ याडेया एसलाइक स्कुटर जित्ने अवसर लिएर आएको हो ।

दराज नववर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ । जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा रु १ हजार देखि रु १५ हजार सम्मको छुट् पाउन सक्ने छन् । सानिमा बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, र सेन्चुरी बैंकका कार्ड धारकहरुले डेबिट कार्ड मार्फत प्री–पे गरे १० प्रतिशत र क्रेडिट कार्ड मार्फत प्री–पे गरे १५ प्रतिशत सम्मको छुटको मज्जा लिन पाउने छन् । सांग्रिला बैंक, ज्योतिविकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड धारकले प्री–पेमेन्टमा १० प्रतिशत छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड धारकले डेबिट/क्रेडिट कार्ड प्री–पेमेन्टमा १० प्रतिशत छुट पाउने छन् ।

त्यसै गरी, यो अभियानमा ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकहरुले सामसंग ग्यालेक्सी ए जिरो थ्री कोर, रियलमीनार्जो ५० र वान प्लस १० प्रो फाइप जि जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउने छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्नु पर्दछ र यदि नजितिएमा पूर्ण रकम फिर्ता हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update