Shittalpati
एनएमबी र मुक्तिनाथ बैंकका ग्राहकलाई सामान किन्दा छुट

पाल्पा, एनएमबी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सामान किन्दा छुट दिइएको छ । बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको छ ।

उक्त घोषणामा एनएमबी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिनदेखि सिमित समयको लागि डेबिड कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५ सय रुपैयाँसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । तर, उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकका ग्राहकले पनि सामान किन्द छुट पाउने छन् ।

दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १ सय ५ सम्म छुट प्राप्त गर्न सक्ने छन् । बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको अभियान २०७८ चैत्र २८ को दिन देखि सीमित समयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १ सय ५ वा रु १ हजारसम्मको छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्दछ ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update