Shittalpati
अर्थतन्त्रमा ठूलो चुनौती : गभर्नर अधिकारी

पाल्पा, अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने बताउँदै आएका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने मुलुकको अर्थतन्त्र ठूलो चुनौतीमा हरेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने चेतावनी दिर्दै आएका छन् ।

गभर्नर अधिकारीले शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फरेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै अर्थतन्त्रमा बाÞय जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कामय गरहने बताए । आयात बढ्दै जाने तथा सोअनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाÞय क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रूपमा देखिएको उनले बताए । अर्थमन्त्री शर्माले भने पछिल्लो समय अधिकासं कार्यक्रमहरुमा बोल्दा नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने जिकिर गर्दै आएका छन् । नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउदै आएका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण सोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताए । पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरुमा ब्याजदर बढ्दैं गएको गभर्नर अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update