Shittalpati
उद्योगी, व्यवसायीको सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री खाण

गुल्मी, गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् । ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ ।’ महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले भने, ‘अर्थतन्त्रलाई महोत्सवले गति निर्माण गर्नेछ ।’ उनले विकास निर्माणका काममा उद्योगी र व्यवसायीको निरन्तर सहयोग भइरहेको बताए ।

गृहमन्त्री खाणले सबै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुने स्पष्ट पारे । निर्वाचन बैशाख ३० मै हुनेमा सबै विश्वस्त हुन आग्रह गर्दै उनले निर्वाचनमा सबै दललाई सहभागी हुन अनुरोध गरे । विकास निर्माणका कामले जनताको पनि उन्नती र प्रगति हुने भएकाले राजनीतिक स्थायित्वका लागि सबै दल उत्साहजनक रुपले स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने खाणले बताए । उनले निर्वाचनपछि जनप्रतिनिधिले पनि उत्साहित हँुदै काम गर्न निर्देशन दिए । गुल्मीमा उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा आगामी बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक औद्योगिक ब्यापार मेला सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update