Shittalpati
वाणिज्य बैंकहरूको शेयर मूल्य घट्यो

पाल्पा, शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका वाणिज्य बैंकमध्ये १२ वटा बैंकको शेयर तीन सय रुपैयाँ भन्दा तल रहेका छन् ।

पछिल्लो समय नेप्से इन्डेक्स लगातार घटेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूको शेयरमूल्य पनि घटिरहेको छ । नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा शेयरमूल्य बढेर डबलसम्म पुगेका वाणिज्य बैंकका शेयर अहिले लगभग आधा मूल्यमै किन्न पाउने अवसर छ । बिहीबारको बजार खुल्दाको मूल्यलाई आधार मान्दा १२ ओटा वाणिज्य बैंकको शेयरमूल्य कम रहेको हो । नेप्सेमा कारोबार भइरहेका २३ ओटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम शेयरमूल्य हुनेमा सेन्चुरी बैंक रहेको छ । यो बैंकको बिहीवारको बजारमा शेयरमूल्य २ सय १२ रुपैयाँमा खुलेको छ । त्यस्तै सिभिल, कुमारी, एनसीसी, सनराइज र मेघा बैंकको शेयरमूल्य बिहीबार २ सय ५० रुपैयाँभन्दा कम मूल्यमा खुलेको छ । यसैगरी ग्लोबल आइएमई, प्रभु, माछापुछ्रे सिटिजन्स, बैंक अफ काठमाण्डु र लक्ष्मी बैंकको शेयर कारोबार २ सय ५० देखि ३ सय रुपैयाँको बीचमा खुलेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update