Shittalpati
खाद्य स्वच्छता समूहको संयोजकमा सुवेदी

पाल्पा, खाद्य स्वच्छता समूह पाल्पाको संयोजकमा जीवलाल सुवेदी चयन भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको तानसेनमा बसेको बैठकले होटल तथा रेष्टुरेण्ट पाल्पाका वरिष्ठ उपाध्यक्ष सुवेदीलाई संयोजको जिम्मेवारी दिएको हो ।

सुवेदीको संयोजकत्वमा ९ सदस्यी समिति समेत गठन भएको छ । जसको सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमनाथ घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि अर्जुन मण्डल, तानसेन नगरपालिकाका प्रतिनिधि दुर्गा बहादुर थापा, उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिं कार्की, माधव नेपाल, मनोज आचार्य, कृष्ण अधिकारी, सरोज खनाल रहेका छन् । बैठकले चैत २८ र २९ गते होटलहरुको स्तरीकरण गरी लोगो वितरण गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update