Shittalpati
दलित महिलालाई सिलाइ तालिम

गुल्मी, जिल्लाका दलित महिलाहरुका लागि सीपमूलक सिलाइ तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शिल्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दलित महिलाई २ महिने नेपाली पोशाक सिलाइ तालिम सञ्चालन गरिएको हो ।

तालिमको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । तालिको लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै सचिव सुबेदीले सहभागीहरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरी व्यवसायिकमूखी बन्न आग्रह गरे । लगनशिल भएर सिक्न सके यो व्यवसायको बजारमा माग अत्यन्तै धेरै रहेको उनले उल्लेख गरे । नियमित रुपमा तालिम लिएर सस्प सिक्न घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले आग्रह गरे । व्यवसायी बन्न चाहने सहभागिलाई आवश्यकताका आधारमा थप अर्को चरणको तालिमको व्यवस्थाका लागि पहल गर्ने समेत उनले बताए । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ तालिम सञ्चालन गरिएको छ । तालिममा नेपाली पोशाकहरु विद्यालयको पोशाक, गुन्यू, चोली, जातीय पोशाक तथा नेपाली दौरा सुरूवालहरु सिलाउन सिकाइने छ । तालिममा सहभागी हुन पाउदा सहभागीहरु उत्साहित भएका छन् । तालिमबाट सीप सिकेर व्यवसायी बन्ने सहभागीहरुको भनाई छ । तालिममा १५ जना दलित समुदायका महिलाहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update