Shittalpati
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता

पाल्पा, नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंक बिच सम्झौता भएको छ । डिजिटल इकोसिस्टम विस्तार गर्न सोलुसन र बैंकबिच सहकार्यको लागि सम्झौता भएको हो । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमलप्रसाद अर्याल आईटी प्रमुख ले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सोलुसनले डिजिटल इकोसिस्टम विस्तार गरेसँगै बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । नेपाल पेमेन्ट सोलुसन प्रा.लि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै काम गरी रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update