Shittalpati
टीभीएसको चार ‘यो’ योजना

पाल्पा, टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा चार ‘यो’ आकर्षक योजना ल्याएको छ । कम्पनीले चार वटा लास्टमा यो आउने ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने कम्पनीले जनाएको छ ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले टीभीएसको बजारमा माग बढेकाले थप आकर्षक योजना ल्याएको बताए । उनले नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टीभीएसले बिक्रीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउनेछन् । साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मैका पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदर र एक्सचेन्जमा मासिक ५ हजार ९ सय ९९ रुपैयाँ तिर्ने गरी टीभीएस चढ्न पाउनेछन् । टीभीएसले नेपाली बजारमा आफ्ना मोटरसाइकल तथा स्कुटरअन्तर्गत विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । टीभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टीका साथै बिक्री पछि जेन्युन पार्टसको सुविधा दिँदै आएको छ । अत्याधुनिक फिचर भएको टीभीएसको एनटर्क, अपाचे सिरिज र रेडरले नेपाली बजार मा आफ्नो छाप छोडेको छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–Þवीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update