Shittalpati
ग्लोबल र आईसीएफसी बीच सम्झौता

पाल्पा, ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो ।

सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर–कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग लगायतका सुविधा ग्लोबल आइएमई मार्फत लिन सक्छन् । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् । दुवै संस्थाको सहमतीमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनान्सिङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरुमा सहकार्य हुनेछ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागु हुनेछ । राष्ट्रियस्तरको ग वर्गको वित्तीय संस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

यस्तै यस अघि ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच पनि सम्झौता भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमईले २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि गरी करिब ८ सय ६० सेवा केन्द्रबाट वित्तिय सेवा दिदै आएको छ । त्यस्तै, कामना सेवा विकास बैंकले देशभर रहेका १ सय २९ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update