Shittalpati
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार

पाल्पा, मेगा बैंक नेपाल लिमिटेडले गुल्मी सहित चार जिल्लामा थप सेवा विस्तार गरेको छ । उसले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका–३, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–५ देउराली, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र कृष्णपुर नगरपालिका–२ स्थित बाङकामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने तथा नेपाल टेलिकम, एनसेल र डिसहोममा रिचार्ज गर्ने लगायतका सुविधा रहेको बैंकले जनाएको छ । बैंकका अनुसार सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था पनि रहेको छ । पछिल्लो समय बैंकले सेवा नपुगेका क्षेत्रहरुमा आफ्नो सेवा विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाएको ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update