Shittalpati
गजल

इन्द्र न्यौपाने अनुशिलन
राख मलाई मनको वासमा गुलाफ दिएको छु,
मनमा बस्ने आवाशमा गुलाफ दिएको छु ।

सबको हातमा गुलाफ अनि प्रेमिल कुरा चल्दा,
बहकिएर प्रेमिल माशमा गुलाफ दिएको छु ।

बुजिनौ है मनको कुरा मुख खोलेर भन्नै पर्‍यो,
मन पराइ तिम्लाई खासमा गुलाफ दिएको छु ।

स्वीकार गर्नु नगर्नु त तिम्रो हातको कुरा,
तिम्रो मान्छे बन्ने आशमा गुलाफ दिएको छु ।

थाहा छैन के भाको छ छक्क पर्छु आफैसँग,
आउँछ्यौ मेरा हरेक गाँसमा गुलाफ दिएको छु ।

यो दिन्छु, त्यो गर्छु झुटा विश्वास दिलाउदिन
पक्कै हुन्छौ फेर्ने सासमा गुलाफ दिएको छु ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update