Shittalpati
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो

पाल्पा, नेपालको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाको गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८ दशमलव ६ गुणाले बढेको हो ।
संस्थाले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा बढेको पाइएको छ । उसले गत आवको दोस्रो त्रैमासमा ५ करोड ७१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४९ करोड ३९ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासिकमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको संस्थाले जनाएको छ । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ७ सय ५९ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब १९ करोड रहेको छ भने शेयर प्रिमियममा ५ लाख १० हजार, रिटेण्ड अर्निङमा ५१ करोड १९ लाख र जगेडामा १ अर्ब ५९ करोड सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमासिकमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासिकमा कम्पनीको प्रतिशेयर आम्दानी ७ दशमलव ६३ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४५ दशमलव शून्य १ पुगेको हो ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update