Shittalpati
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक

पाल्पा, राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

केन्द्रीय बैंकले यसअघि १०/१० अर्ब रुपैयाँको क्रमशः २ वर्षे र ४ वर्षे अवधिको विकास ऋणपत्र विक्री गरिसकेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास सरकारले १ खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरिरहेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कुल २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । यस्तै राष्ट्र बैंकले निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवालाई व्यवस्थित गर्ने पनि जनाएको छ । बैंक तथा वित्तीय संस्थाले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधिमार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो भए पनि विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । केन्द्रीय बैंकले वेबसाइटमार्फत कारोबार गर्नु अघि आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेर मात्र कारोबार गनुपर्नेमा जोड दिँदै आधिकारिक वेबसाइटको सुनिश्चितता पछिमात्र आर्थिक कारोबार गर्नुपर्नेमा पनि जोड दिएको छ । नेपाल राष्ट्र बैंकको सार्वजनिक पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब रुपैयाँभन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update