Shittalpati
सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’

पाल्पा, सनराइज बैंक लिमिटेडले सहकारी ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । बैंकले सहकारी क्षेत्रलाई लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा ल्याएको हो । बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्ड मार्फत बैंकका जुनकुनै एटिएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एशियामा नै पहिलो र उत्कृष्ट रहेको दाबी गरेको छ ।

‘चिप बेस्टकार्ड मल्टी पर्पोज कार्ड हो । त्यसलाई भिजाको ब्रान्डिङ कार्ड समेत भन्न सकिन्छ । मल्टिपल संस्थाहरु मिलेर ब्राण्ड बनाएर प्रयोग गर्न सकिने गरी बनाइएको डेबिट कार्ड नै मल्टिपल कार्ड हो । जुन पहिलो पटक सनराइज बैंकले प्रयोगमा ल्याएको छ’ सनराईज बैंकका कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले भने, ‘यो भिसा कार्ड नेपालमा मात्र नभएर दक्षिण एशियामा नै पहिलो र उत्कृष्ट सेवा हो ।’ त्यसो त सीईओ शर्माका अनुसार यस्तो कार्ड पहिलो पटक सनराईज बैंकले सहकारी संस्था, सनराइज बैंक र भिसा तीन वटै लोगोमा डिजाइन गरेको छ । सोही कार्डमार्फत अर्थात् सनराइज बैंकको कार्ड मार्फत सहकारीका ग्राहकहरुले समेत जुनकुनै वाणिज्य बैंकको एटिएमबाट, जुनकुनै समयमा सजिलै आफ्नो खाताको पैसा झिक्न सक्नेछन् । तर, यसका लागि सम्बन्धित सहकारी संस्थाले बैंकसँग कारोबारको साझेदारी गरेको हुनुपर्नेछ । यस्तो सहकारीका सदस्यहरुले बैंकको एटिएमबाट पैसा झिक्दा थप अतिरिक्त शुल्क तिर्नुपर्दैन । त्यसका लागि बैंकले नै शुल्क तिरिदिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update