Shittalpati
बैंकमा पैसा थुप्रिन थाल्यो

पाल्पा, पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिन थालेको छ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा अहिले निक्षेप रकम बढ्न थालेको हो । बैंकहरुले लामो समयसम्म तरता अभाव झेलिरहेका छन् । अर्थ मन्त्रालयले बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्या माघभित्र समाधान गर्ने गरी काम अगाडि बढाएको छ ।

यो साता मात्रै बैंकहरूमा ५८ अर्ब निक्षेप बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । ५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो । संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सुधारिन लागेको हो । राष्ट्र बैंकले अनियन्त्रित आयात रोक्न एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि आयातमा कमी आएको छ । विलासिताका वस्तुको आयात गर्दा शतप्रतिशत रकम जम्मा राख्नुपर्ने व्यवस्थाले समेत केही निक्षेप बढाएको हो । यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न दिन अर्थ मन्त्रालयले केन्द्रीय बैंक र महालेखा नियन्त्रकलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहपछि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न अनुमति दिएको थियो । यससँगै, वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको हो । यसैगरी, यो सातामा बैंकहरूले नौ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । गत साता ११ अर्ब ऋण लगानी गरेका बैंकहरूले अघिल्लो साता तीन अर्ब मात्रै लगानी गरेका थिए । बैंकहरूले पुस महिनामा कुल २३ अर्ब ऋण लगानी गरेका छन् । बंैकहरुले यो महिनामात्र ४१ खर्ब ८ अर्ब रुपैयाँ कुल ऋण लगानी गर्न
पुगेको छन् ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update