Shittalpati
के सोच्छन् सत्ताबारे जनता ?

सुदिप चन्द्र पौडेल

मानिस जहिले पनि सौन्दर्यबाट मोहित हुन्छ । सहजता चाहना हो, दुरुष्टता र कष्ट होइन । गहिरिएर मनन गर्ने हो भने सामान्य उदाहरणबाट विशेष कुरा प्रस्ट हुन्छ । जस्तो कि मानिस फुल फुलेको रुचाँउछ । उज्यालो मन पराउछ, सुखी हुन चाहन्छ, अरुलाई दिन रमाँउछ । त्यस्तै नकारात्मक भन्दा सकारात्मक हुन रुचाँउछ । सकारात्मक विचारलाई सिद्धान्तका रुपमा ग्रहण गरिन्छ । सकारात्मक हुने किताब बढी किनिन्छ । सकारात्मक गीत सदावहार हुन्छन् । सकारात्मक व्यक्ति मार्ग प्रदर्शक हुन्छन्, नकारात्मक व्यक्ति, विचार, लेख, आदि, खहरे जसरी आउँछन् र जान्छन् तर सकारात्मक व्यक्ति, विचार, लेख, गहिरा नदी जस्ता शान्त हुन्छन् । निरन्तर बग्छन्, सधै रहन्छन् । कतिपय अवस्थामा बाहिरबाट हेर्दा मानिसमा नकारात्मक देखिए पनि उसको चाहना र लक्ष्य सकारात्मक तिर रहेका हुन्छन् । तर नेपाली राजनीतिका विषयमा आमजनमानसमा हेर्दा यो अवस्था उल्टो देख्न सकिन्छ । यहाँ मानिसको मनोविज्ञानलाई केवल नकारात्मक हुने परिवेश मात्र बनिरहेको छ । यसका खास केही कारण छन् ।

प्रायः नेपाली जनता, सरकारका काम कारवाहीमा सकारात्मकता भन्दा बढी नकारात्मक देखिन्छन् । उदाहरणका लागि दैनिक रुपमा प्रकाशित हुने पत्रिकाका लेख, सामाजिक सञ्जालमा भएका टीका टिप्पणी, टेलिभिजन तथा रेडियोमा आउने समाचार अन्र्तवार्ता, व्यक्तिका कुराकानी, कुनै आलेख आएमा सुरुदेखि अन्त्यसम्म नपढी हुने नकारात्मक प्रतिक्रिया अर्थात् देहमा आउने कुनै नयाँ विषय, विचार, योजना आदिमा पनि पहिले नकारात्मक टिप्पणी हुन्छन् । जस्तै : उखु किसानको आन्दोलन हेरौँ । उक्त आन्दोलनमा मेरो पनि साथ थियो र छ । उद्योगीले गरिव किसानलाई वर्षौदेखि अन्याय गरेका रहेछन् । आफ्ना जनताले न्याय पाएका छन् कि छै्रनन् हेर्ने कर्तव्य सरकारको हो । त्यहाँ सरकारले किसानलाई ६ प्रतिशत अनुदान दिनु साह्रै राम्रो कार्य हो तर यो विषय कसैले स्मरण गरेको देखिएन । दोस्रो, अमेरिकाले नेपाललाई मिलिनिम च्यालेञ्ज कर्पाेरेसन (ःऋऋ) अनुसार दिने अनुदान । हामीले धेरैले यो अनुदान बारे गहिरो अध्ययन नगरीकनै विरोध ग¥र्याे भनाइको मतलव पहिले सकारात्मक सोचौँ, अनि अध्ययन गरौँ न । कुनै प्रश्न उठ्नुभन्दा पहिला नै तयार भएको उत्तर हुदैँन । जहिलेसुकै र जुनसुकै विषयमा पनि हुन्न मात्र नभनौँ न । नकारात्मकताको भावनालाई सकारात्मकतामा बद्लौ । बिना बुझाई विरोध गर्नु कदापी उचित होइन, गलत छ भने पनि त्यसलाई मनन् गरेर मात्र विरोध गर्नु सकारात्मक हो । एक दिन विद्यार्थीले एउटा प्रश्नको उत्तर लेखेको देखे । प्रश्न थियो– देशमा भएको वा भइरहेको एउटा उल्लेख्य कामबारे लेख्ने । विद्यार्थीका उत्तर शतप्रतिशत नकारात्मक मात्र आए । म अचम्मित भए । त्यसपछि देशमा भएको एउटा राम्रो कामबारे लेखेको उत्तर हेरे त्यसपछि उनीहरुले मेरो जानकारीमा नभएका धेरै सकारात्मक कामबारे लेखेको देखे । साथीहरुसँगै कुराकानी गर्दा अथवा जुनसुकै पनि कुरा सरकारले ल्याउँदा पहिला नकारात्मक कोणबाट मात्र हेर्ने परिपाटी देखिन्छ । हुन त सरकारले सबै सकारात्मक अथवा शतप्रतिशत राम्रा मात्र काम गरेको छैन अनि सबै नकारात्मक कार्य पनि गरेको छैन । किन मानिस सरकारप्रति नकारात्मक भन्नेबारे खोज्न मन लाग्यो ।

के साच्चिकै सरकारले नराम्रै काम मात्रै गरेको छ त ?

समृद्ध नेपालका लागि राजनीतिक दलको भूमिका विषयक एक कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनता नकारात्मक होइनन् बरु विभिन्न समयमा जनता सत्तापक्षसँग लड्नुप¥यो अनि उनीहरु सत्तापक्ष प्रति नकारात्मक भएका हुन्, समय आएपछि राम्रो काम गरेपछि जनता सकारात्मक हुन्छन् भन्ने विचार राख्नु भएको थियो । वास्तवमा उक्त कुरा हाम्रो यर्थात् थियो । जनता सरकारप्रति नकारात्मक अहिलेमात्र भएका होइनन् धेरै अगाडि देखि त्यस्तो बनाइएको हो  । जो सरकारबाहिर बस्छ त्यसले जनतालाई सत्तापक्षको जहिले पनि विरोध गर्नुपर्छ भनेर सिकाइरÞयो । उनीहरुले जनतामाथि एक प्रकारको मन्द विष जस्तो नकारात्मक मनोविज्ञान निर्माण गरिदिए । अनि हामी सरकारका जुन काम पनि पहिला नकारात्मक भएर हेर्छौ । खास कुरा के हो भने सत्तामा नेकपा भएर मात्रै पनि विरोध भएको होइन, कांग्रेस भएपनि वा अन्य पार्टी भएपनि विरोध त हुन्छ । २००७, २०४७, २०६२/६३ मा कहिले यहीँ सरकारमा भएका पार्टीले जनतालाई विरोध गर्न सिकाए, उकासे अनि कहिले सरकारबाहिर भएका पार्टीले जनतालाई सत्तापक्ष वा सरकार पक्षसँग नकारात्मक बनाए । केहि समय पहिला काठमाडौँको कंलकीको बाटो, सानेपाको बाटो र भक्तपुरको बाटो हिड्ने मौका पाए । मलाई धेरै खुसी लाग्यो, त्यहाँको विकास निर्माण देखेर । अनि सोच्छु, अरु ठाँउमा पनि यति छिटो काम भएका छन् त ? हिडेर जाने क्रममा साथीसँग कुराकानी गर्छु– काठमाडौमा त कति चाडै विकास भइरहेको छ भनेर । अनि जतिसँग कुरा गर्छु प्रायले केही न केही नकारात्मक कुरा उठाउँछन् । विकास भएका कुरा बाटोले देखाउँछन्, बनेका पुलले देखाउँछन् तर पनि सकारात्मक दृष्टि चाँहि कतै दमित भएझैँ केही न केही नकारात्मक कुराहरु मात्र आउँछन् किन ? अर्काे कुरा नकारात्मक सकारात्मकता तर्फ उन्मुख भए पनि आउँदैन । नकारात्मक तिरै उन्मुख भएको देखिन्छ ।

यति जटिलता केले सिर्जना गरिरहेको छ भन्ने कुरा पनि सोचनीय लाग्छ । यसमा गहिरिदै जाँदा लाग्छ कि सरकारका अर्थात् सत्तामा भएकाको विरोध गर्ने कुरा हामीले प्रथाको रुपमा ग्रहण गरेका छौँ । उदाहरणका लागि कानूनी क्षेत्रको कुरा गर्दा कानुन निर्माणको एउटा मुख्य स्रोत प्रथालाई मानिन्छ । जसरी प्रथा कानून बन्नका लागि कुनै कुरा तर्कसंगत हुन्छ, कुनै कुरा प्रयोग गरिन्छ, त्यसलाई दोहो¥याउँदै गरिन्छ अनि निरन्तर प्रयोगद्धारा प्रथालाई कानूनको एउटा स्रोतका रुपमा लिइन्छ र अन्त्यमा त्यो कानून बन्छ । त्यसरी नै यहाँ विरोध एउटा प्रथा बन्ने तरखरमा छ । मात्र फरक के छ भने कानून प्रथा तर्कमा आधारित हुन्छ तर हाम्रो सरकार विरोधी हुने प्रथा र्तकमा नभई मानसिकतामा आधारित हुन पुगेको छ । सरकार पक्ष वा सत्तापक्षसँग जनता नकारात्मक हुन उल्लेखित घटनाले मद्दत गरे । ‘२००७ साल सत्तामा भएका राणा राम्रा थिएनन् । त्यसैले सत्तामा बस्नेले असल काम गर्दैनन् भन्ने मानसिकता जनतामा प¥यो । राजा भए पनि राज्य सञ्चालन भने राणाले गरेका थिए । त्यसैले राणाहरुको १०४ वर्ष लामो निरंकुशताविरुद्ध जनता लडे किनकी जनतालाई उनीहरु विरुद्ध लड्नुपर्छ भनियो । फलस्वरुप २००७ फागुन ७ मा राणा शासन अन्त्य भएर प्रजातन्त्र आयो  ।

२०४६ सालमा जनताले निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध लडी बहुदलीय व्यवस्था ल्याए । राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था ल्याएका थिए । संयुक्त वाम मोर्चा र नेपाली कांग्रेसले मिलेर आन्दोलन गरे । यसमा पनि जनता लडे सरकारसँग । जनतालाई यसले पनि अर्काे उदाहरण भयो सरकार अथवा जो सत्तामा हुन्छ उ जहिले पनि नकारात्मक हुन्छ भन्ने । २०६२/६३ सालमा जनता राजा विरुद्ध लडे र नेपालको २३७ वर्ष पुरानो राजतन्त्र ढालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरे । यसले पनि सत्ताप्रति नकारात्मक हुनुपर्छ भन्ने बनायो सबैलाई । यसरी राजनीतिक दलले अथवा सरकारमा नभएकाले जनतालाई सरकार अथवा सत्ताविरुद्ध लाग्नुपर्छ भन्ने सिकाइरहे । अहिले आएर सरकारले जनताको मानसिकता तुरुन्त परिवर्तन हुनुुप¥यो भन्दा कसरी सजिलै परिवर्तन होला र ? राम्रा काम गर्दै जानुपर्छ, जनताको अधिकार सुनिश्चित गर्दै विधिको शासन, लोकतन्त्रको मुल्य र मान्यता अनुसार कार्य गर्दै गएमा समय लाग्छ तर मानसिकता अवश्य परिवर्तन हुन्छ । देशमा गणतन्त्र आएको छ । स्थिर सरकार छ । अहिलेको सरकार वा पछि आउने सरकारप्रति जनताको सोच सकारात्मक हुदैँ जाने छ तर यसका लागि सरकारले अब एकदम सोचेर विचार पु¥याएर, जनताको हितमा कार्य गर्नुपर्छ । अनिमात्र सरकारका राम्रा कामलाई जनताले सकारात्मक रुपमा लिन्छन् । जनताले विरोध मात्र गरे भन्नु भन्दा पनि किन विरोध गरिरहेका छन् भनेर बुझ्न तर्फ लाग्नु बुद्धिमानी ठहर्छ । समयले जनताको मनोविज्ञान बुझेर चल्ने सरकार माग गरिरहेको छ, विरोध गरे भनेर रिसाउने सरकारको होइन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update