Shittalpati
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल सर्वसम्मत

रमेश विश्वकर्मा
गुल्मी, गुल्मी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा ईश्वरी पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम तम्घासको रहेको संघको सभाहलमा भएको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट पदाधिकारी एवम् सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

उपाध्यक्ष पदमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ र ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे कोषाध्यक्षमा विष्णु अधिकारी, सह–कोषाध्यक्षमा ईश्वरी कंडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा गणेश पाण्डे, कृष्ण खनाल, चन्द्रमणि पाण्डे, ईश्वरी मरासिनी, महेशराज भण्डारी, निषेस श्रेष्ठ, ज्ञानबहादुर भलामी, कमला श्रेष्ठ, चन्द्रमणि भण्डारी, तेजेन्द्र श्रेष्ठ, शशी केसी, पार्वती पाण्डे, राधा पोखरेल, सुधन अर्याल, लतिप मिया र सेरबहादुर चुदारा सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित उपाध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए । हालसम्म गुल्मी उद्योग वाणिज्य संघमा ४ सय ५२ जना व्यवसायीहरु आबद्ध रहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update