Shittalpati
सबै प्रदेशमा नबिल बैंकको उद्यमशीलता कार्यक्रम

पाल्पा, नबिल बैंकले सातवटै प्रदेशमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्येश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता समेत गरिसकेको छ । बैंकका अनुसार प्रदेश १ को महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ को वीरगञ्ज पब्लिक कलेज, बागमतीको काम्पिएन कलेज, गण्डकीको फ्याकल्टि अफ Þयुमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविघालय, लुम्बिनीको क्षितिज इन्टरनासनल कलेज, कर्णालीको सुर्खेत मोडल कलेज र सुदूरपश्चिमको सुदूर पश्चिमाञ्चलयो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्यगरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने विश्वास बैंकको छ ।

त्यसैगरी, फेलोसिप कार्यक्रमका लािग काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता पनि गरेको छ । एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update