Shittalpati
कामना सेवा विकास बैंकको भवन उद्घाटनसँगै शाखा विस्तार

पाल्पा, कामना सेवा विकास बैंकको क्षेत्रीय भवनको उद्घाटनसँगै दुई शाखा विस्तार भएका छन् । बैंकले छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी शाखा विस्तार र भवन उद्घाटन गरेको हो ।

बैंकको क्षेत्रीय भवन तथा बुटवलको पुनर्निर्मित भवनको उद्घाटन गरिएको छ । रुपन्देहीको बुटवल उप–महानगरपालिका– ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो बैंकले क्षेत्रीय कार्यालय स्थापना गरेको हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले एक औपचारिक कार्यक्रमका बिच क्षेत्रीय कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन गरेका हुन् । ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न भवनको निर्माण गरिएको बैंकले जनाएको छ । भवन निर्माणसँगै सेवाप्रवाह सहज र छरितो हुने बैंकले विश्वास लिएको छ ।

यस्तै बैंकले पश्चिम क्षेत्रलाई लक्षित गर्दै एकैपटक दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डामा एकै दिन दुई शाखा कार्यालयहरु उद्घाटन गरेको हो । सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यी दुई स्थानमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालय खोलेको बैंकले जनाएको छ । यसले बैंकिङ सेवामा अझ सहज र छरितोपन आउनेमा आफुहरु विश्वस्त रहेको बैंकले बताएको छ । सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङका साथै एसएमएस बैंकिङ लगायत विविध डिजिटल माध्यमहरुबाट सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update