Shittalpati
रानीमहल सहकारीको चौंथो अधिवेशन, अध्यक्षमा पुनःबैजु

कृष्ण पोखरेल

पाल्पा, रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १३ औं साधारण सभा तथा चौंथो अधिवेशन भएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।

साधारण सभा तथा अधिवेशनलाई तानसेन नगरपालिकाका सहकारी विभाग तथा प्रमुख वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख थापाले सहकारीका शेयर सदस्यहरुको हितमा केन्द्रित रहेर जनताको हितमा काम गर्न सहकारी संस्थालाई आग्रह गरे । स–सानो पुजी संकलन गरेर जनताको जीवनस्तर माथि उठाउन सहकारीको ठूलो भूमिका रहेको थापाले बताए । बजारमा अत्याधिक मूल्यवृद्धि भएको छ, बजारभाउँ नियन्त्रणदेखी गाउँको उत्पादन शहरमा र शहरको उत्पादन गाउँमा पुर्‍याउन सहकारी माध्यम प्रभावकारी हुने थापाले औल्याए । उनले सहकारीको निति नियम निर्देशिका अनुसार काम गर्न संस्थालाई आग्रह समेत गरे ।

संस्थाले गत आर्थिक बर्षमा १४ करोड २९ लाख ९४ हजार बचत संकलन गरेको, १३ करोड ७ लाख ३२ हजार बचत फिर्ता गरेको, ७ करोड ५० लाख ४३ हजार ऋण लागानी, ५ करोड ७२ लाख ७४ हजार ऋण असुली, बजारमा ११ करोड ६३ लाख २३ हजार रकम लगानीमा रहेको, २८ लाख ५१ हजार रुपैयाँ मुनाफा गरेको छ । संस्थाले कोभिडबाट प्रभावित भएका ३४ जनालाई ५ हजार रुपैयाँका दरले औषधी उपचार खर्च, सुत्केरी शेयर महिला सदस्यलाई ४ हजारका दरले पौष्टिक आहार खर्च, कोभिडबाट मुत्यु भएका शेयर सदस्यलाई अन्तिम संस्कार खर्च १० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । कोभिडका कारण संस्थाले ऋणीहरुलाई २ महिनाको व्याज मिनाहा समेत गरेको छ ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । ७० बर्ष भन्दा माथिका २१ जना जेष्ठ नागरिक, सर्वाेउत्कृष्ट बचतकर्ता शोभा शाक्य, उत्कृष्ट मासिक बचतकर्ता ज्योती प्रसाद बस्याल, उत्कृष्ट दैनिक बचतकर्ता भिम कुमारी जि.सी., उत्कृष्ट ऋणी विनिता श्रेष्ठ, कर्मचारी मञ्जु कार्कीलाई संस्थाले मायाँको चिनो सहित सम्मान गरेको छ । संस्थाका शेयर सदस्य चिरञ्जिवी शर्मा ढुङ्गानालाई मरणोपरान्त सम्मान गरेको छ । साधारण सभामा अध्यक्ष भुगोल प्रसाद वैजु श्रेष्ठले बार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक रवी मोहन श्रेष्ठले आर्थिक प्रतिवेदन, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले चालु आर्थिक बर्षको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सचिव राजन नेपालको सञ्चालनमा भएको थियो । कार्यक्रममा शेयर सदस्य पण्डित होमनाथ न्यौपानेले सहकारीका विषयमा कविता वाचन गरेका थिए ।

संस्थाको चौथो अधिवेशनले भुगोल प्रसाद वैजुलाई पुनः अध्यक्षता चयन गरेको छ । जसको उपाध्यक्षमा राजेश कुमार शाक्य, सचिवमा शोवाकान्त न्यौपाने, कोषाध्यक्षमा दिपेन्द्रलाल शाक्य, सह–सचिवमा शैलेन्द्र भट्टराई, चयन भएका छन् । यसै गरी कार्यसमिती सदस्यमा सुधिर प्रसाद श्रेष्ठ, निभा राजभण्डारी, अनित श्रेष्ठ, सुनिता श्रेष्ठ प्रधान, राजीव शाक्य र सुरज मलेगु रहेका छन् । यसैगरी लेखा समितिको संयोजकमा रवी मोहन श्रेष्ठ, सदस्यमा सोम बहादुर आले र खडानन्द पाण्डे चयन भएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update