Shittalpati
विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा

पाल्पा, विपन्न परिवारलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराईने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएसँगै विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराइने भएको हो ।

नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि कर्जा सम्झौता भएको छ । सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । यो कर्जा सम्झौतापछि विपन्न वर्गलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा प्रवाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

यस्तै गरिमा विकास बैंकले आफ्नो सेवालाई थप परिष्कृत र विस्तार गर्न शाखा सञ्जाललाइृ समेत तीव्रता दिएको छ । बैंकले अहिलेसम्म नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लामा १ सय १५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट बैंकिङ कारोबार गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update