Shittalpati
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने

पाल्पा, एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।

बैंकले नेपाली बैंकिङ्ग जगतमै सुरुदेखि अन्त्य सम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याइएको छ । यो सेवामार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्नेछन् । एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्नेछन् । यसैबिच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । एनएमबि बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुंँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेतामध्ये एक हुन् । बैंकले देशभरीका १ सय ८१ शाखाहरुका साथै १ सय ३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update