Shittalpati
मैत्री सहकारीले मनायो २० औं साधारणसभा

गुल्मी, गुल्मीमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।

सभामा संस्थाले एक वर्षका गरेका गतिविधिका बारेमा जानकारी गराएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद आचार्यले संस्थाले एक वर्षमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५७ सालमा ३३ जनाबाट १३ हजार २ सय रकमबाट सुरु गरेको सहकारीले झण्डै १३ हजार शेयर सदस्य बनाएको छ । जिल्ला सदरमुकाम तम्घास प्रधान कार्यालय रहेको संस्थाले साबिकको लुम्बिनी अञ्चलका गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, पश्चिम नवरपरासी जिल्लामा कार्यक्षेत्र विस्तार गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए । उनले संस्थाको कुल शेयर पूँजी ६ करोड ४८ लाख १४ हजार रहेको जानकारी दिए । संस्थामा जगेडा कोषामा १ करोड ९१ लाख १५ हजार ३ सय ६१ रपौयाँ, अचल सम्पति जग्गा कोषमा ३ करोड २५ लाख ४७ हजार ३६९ रुपैयाँ र अन्य कोषहरुमा १ करोड ६५ लाख २१ हजार २ सय १६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्दयले जम्मा गरेको बचत निक्षेप २०७९ असार मासान्तसम्म ३२ करोड ६४ लाख ८५ हजार ५२ रुपैयाँ रहेको छ । बचत निक्षेपमा गत वर्षको तुलनामा २३ दशमलव ९१ प्रतिशत वृद्धि भएको संस्थाले जनाएको छ । संस्थाले ०७७/०७८ मा कुल ऋण ४८ करोड २४ लाख ३७ हजार ६६९ लगानी भएको जनाएको छ । संस्थाको बाह्य सहुलियत ऋण ०७८ असार मसान्तसमम ६ करोड ९९ लाख ४३ हजार ७ सय ९९ रहेको छ । संस्थाले आर्थिक वर्ष ०७७/०७८ सालमा २ करोड १७ लाख ४८ हजार ९ सय ९६ खुद मुनाफा गरेको छ । २ करोड ५६ लाख ५ हजार ३ सय ८५ मुनाफा गर्ने लक्ष्य संस्थाले लिएको थियो । कोरोना महामारीका कारण लक्ष्य अनुसार मुनाफा गर्न नसकिएको संस्थाले जनाएको छ । संस्थाले आर्थीक वर्ष ०७८/०७९ सालमा २ करोड ७७ लाख ४८ हजार १ सय ७४ रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको छ । कार्यक्रमम संविधान सभा सदस्य दिलशोभा पुन, रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारी, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, गुल्मी युनाइटेडका उपाध्यक्ष रामप्रसाद पन्थी, लेकाली सहकारीका उपाध्यक्ष गणेश श्रेष्ठ लगायतले संस्थाको सफलताको शुभकामन व्यक्त गरेका थिए । –अनिल खत्री

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update