Shittalpati
उत्कृष्ट करदाता सम्मानित

गुल्मी, जिल्लामा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । दशौं राष्ट्रिय कर दिवस २०७८ तथा कर सप्ताहका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७६/०७७ मा सबैभन्दा धेरै आय कर तिर्ने अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि तम्घासलाई सम्मान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कम्पनीका व्यवस्थापक तथा गुल्मी उद्योग संघकी सदस्य लक्ष्मी खनाललाई सम्मान गरेका हुन् । दरदाता खनालले आर्थिक वर्ष ०७६/०७७ सालमा ११ लाख ४६ हजार आयकर तिरेको करदाता सेवा कार्यालयका प्रमुख चिरञ्जवी बस्यालले बताए । उत्कृष्ट करदाता खनाललाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सम्मानित हुने उत्कृष्ट करदातालाई व्यवसायिक सफलताको शुभकामना दिए । उनले अन्य उद्योगी व्यवसायीलाई कर तिरेर नागरिकको पहिचान दिन आग्रह गरे । प्रजिअ पौडेलले करको विषय डरको विषमा परिणत भएकाले करलाई रहरको विषय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, उद्योगी व्यवसायीहरुले कर तिर्नु नागरिकको दायित्व रहेको बताएका थिए । उनिहरुले करलाई तिर्ने रहरका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । कुनैपनि व्यवसाय गरिसके पनि राज्यले सुरक्षा दिनु कर्तव्य भएकाले व्यवसाय गर्ने व्यवसायीले मुनाफाबाट राज्यलाई करतिनुपर्ने दायित्व रहेको बताएका थिए । करसप्ताह मनाउन मुख्य गरी करसम्बन्धी सचेता जगाउनु नै प्रमुख उद्देश्य रहेको करदाता सेवा कार्यालयका प्रमुख बस्यालले बताए । –अनिल खत्री

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update