Shittalpati
प्रभु बैंकको शेयर कारोबार खुला

पाल्पा, प्रभु बैंकको रोक्का रहेको शेयर कारोबार खुला भएको छ । बैंकले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा कमजोरी नगर्ने प्रतिवद्धता जनाएपछि नेप्सेले शुक्रबार नै कारोबार खुला गर्ने निर्णय गरेको थियो ।

कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर बैंकले लाभांश घोषणा गरेपछि नेपाल स्टक एक्स्चेञ्जले कारोबार रोक्का राखेर स्पष्टिकरण सोधेको थियो । बैंकले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो कमजोरी नगर्ने प्रतिवद्धता जनाएपछि नेप्सेले शुक्रबार नै कारोबार खुला गर्ने निर्णय गरेको हो । नेप्सेको निर्णयपछि आइतबारदेखि दोस्रो बजारमा प्रभु बैंकको शेयर कारोबार भएको छ । प्रभु बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिदैछ । सञ्चालक समितिले घोषण गरे पनि राष्ट्र बैंकबाट स्वीकृति पाएर साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्रभु बैंकको लाभांश पाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update