Shittalpati
माछापुच्छ्रेको एटीएमबाट विना कार्ड पैसा

पाल्पा, माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्‍याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटीएमहरुबाट नगद झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update