Shittalpati
कामना सेवाको वार्षिक उत्सवमा रक्तदान

पाल्पा, कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो । बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत रुपन्देही जिल्लाको बुटवलस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरेको बैंकको पाल्पा शाखाले जनाएको छ ।

कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचन, बैंकका पूर्व सञ्चालक तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ र बैंकका पूर्व सञ्चालकहरु तथा संस्थापक सेयरधनीहरू लगायतको सहभागिता थियो । कार्यक्रममा बैंकको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा सञ्चालक तुलाचनले प्रस्ट पारेका थिए । बैंकले बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरूबाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, वृक्षारोपण, सार्वजनिकस्थल सरसफाई लगायतका काम गरेको थियो । यस्तै, विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण, बाल मन्दिरका बाल बच्चाहरुलाई फलफूल वितरण र अनाथ आश्रममा आश्रितलाई स्वास्थ सामाग्री वितरण समेत गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update