Shittalpati
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

पाल्पा, बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने गरी मेगा बैंकले देशभर नयाँ शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा बैंकले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार स्थानमा शाखारहित बैंकिङ सेवाविस्तार गरेको छ । प्रदेश नम्बर एकस्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ सेवा अन्तरगत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने र झिक्ने, नेपाल टेलिकम र एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधा प्रदान गर्ने छ । साथै, सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानी निम्ति आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई ‘हलोदेखि हाइड्रोसम्म’ को सेवा पुर्‍याउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिएको पाइन्छ । मेगा बैंकले पछिल्लो समय नेपाल सरकारको नागरिक एपबीच पनि सहकार्य गरेको छ ।

नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्ने छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update